बा

सायद, कुनै वेला
मेरा बा पनि,
म जस्तै जवान अल्लारे ठिटा हुँदा हुन्,
मैले जस्तै सपना देखे होलान्,
संसार घुम्ने,
रमाउने,
मोज-मस्ती गर्ने,
तर अफसोच जुन दिन देखि,
बा-का छोराछोरी नाता पर्ने,
म सहितको हाम्रो दलबल
पृथ्वीमा हाजिर भयो,
तब मेरा बाले
आफ्नो सपनालाई बाती बालेर
मेरो सपनाको ठाडो आदेशमा चल्न लागे

अरुबेला जति फुईँ झारेपनि
जब खल्ती हलुका हुन्छ,
तब
टाउको कन्याउँदै
बा’कै अघिँ खडा हुन्छु,
बा, सायद केहि सोँच्छन्
केहि हिसाब गर्छन्,
खै कताबाट ल्याएर मेरो गर्जो टार्दिन्छन्,
मेरा बा,
मेरा लागी
राष्ट्र बैंक हुन्।।।

जागीर खाएर पहिलो फोन मैले मेरा बालाई गरें
‘हेलो, बुवा मैले जागिर खाएँ’
“तलब कति दिन्छ”
“तिस हजार”
“मैले भन्दा धेरै कमाउने भएछस्, बुटवलमा घर बनाउनु पर्छ”
कसरी भनौं,
मेरो तलब
सुरामा, सुन्दरीमा, क्याफेहरुमा, धुवाँहरुमा
कसरी उड्छन भनेर।

Comments
Share This
Scroll to Top