Skip to content

हरेक रात !

त्यो चम्किलो जुन,
एक तमासले हेर्दै गर्दा मैले,
सायद सोँच्दो हो मलाई देखेर
“यो भुईँमान्छे कति निर्लज्ज
जतिवेला नि मलाई घुरि बस्छ”,
तर कसरी बुझाउँ म उसलाई,
म त्यहाँ,
अरु कसैको प्रतिमा देख्छु,
ताराहरुको झुण्डको बिचमा ।

ति टिलपील तारा,
सायद आँखा झिम्काउँदै मलाई बोलाउँदै छन् क्यार
उडिजान सक्थेँ भने आज
भेटेर एक थान मायाका कुरा गर्थेँ होला
तिमीसँग गरे जस्तै गरी,
एक हातमा “एक्स्ट्रा-डार्क” कफी
अनि अर्को हातमा तिमीले नै सल्काईदिएको सुर्य चुरोट समाएर ।

सुर्य चुरोट,
जुगौँ भयो,
सल्काईदिने मान्छे नै नभएर,
चोर औंला र माझी औंलाको बिचमा च्यापी बसेको छु ।
अझै आशा छ,
तिमी आउने छौ र सलाई कोर्नुको सट्टा,
र त्यो चुरोट भुईँमा फाल्दै भन्ने छौ
“तिम्रो अोठलाई चुरोट होइन,
एक जोर अर्को ओठ सुहाउँछ ”
र म
बिउँझनेछु सपनाबाट !
——————————
डिसेम्बर १२, २०१७
१२:१५ बजे
सोमबार
राजधानी

Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *