Skip to content

वेनाम दुश्मन

  • Poem

आँखा बन्द गरेपछी
पुग्छु म, अर्कै संसारमा,
कल्पनाको संसारमा
जता हेर्छु,
उनी देख्छु,
सजीएकी सुन्दर फुलहरुमाझ,
नियालेर हेर्दा,
ति फुललाई पनि
म फिका देख्छु,
उनी चम्किली,
त्यो चमक देखेर,
बत्तिमा हामफाल्ने पुताली जसरी,
म,
हुत्तिन खोज्छु
तर खै
कुन अदृष्य शक्तिले मलाई पछाडी धकेल्छ,
म खोज्दैछु त्यो शक्तिलाई,
वेनाम त्यो शक्तिलाई!!!
वेनाम त्यो दुश्मनलाई।।।
================================
१३ अक्टुबर, २०१५
विहान १०:०५
राजधानी

Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *