Poem

गन्तव्यको खोजी

बादलुको सहरमा सपनाको महलमा बसेर प्रियसीको मिठो साथ सम्झदै टिक-टक-टिक-टककिबोर्डका बटन दबाउँदै केहि रहर र केहि जिन्दगि किन्ने एक लहडको पछि लागेर मानवता छोडेको घनघोर अँध्यारोले घेरेको कंक्रिटको जंगलमा यन्त्र-मानवहरुको बिचमा बसेर आफ्नै भविष्यको बन्धकी राखेर हिंड्दै छु एक अमुक गन्तव्य तिर जहाँ सपनाले ऐठन पार्छ आफैले फेरेको सासले गालि गरेको आभास हुन्छ पसिनाले आफैलाई …

गन्तव्यको खोजी Read More »

मन्दिरमा कमरेड

मन्दिरमा बसेर कमरेड,सुन्नुहुन्छ घण्टको टिङ्निङ्अनि ताल मिलाउनुहुन्छ नारासँगहेर्नुहुन्छ पुजारीको झुस्स दारी तुलना गर्नुहुन्छ मार्क्सको दारीसँगमन्दिरमा बसेर कमरेड ,हेर्नुहुन्छ फुलहरुअनि सलाम गर्नुहुन्छ मालिका हातहरुलाई।। मन्दिरमा बसेर कमरेड, देख्नुहुन्छ चढाईएको प्रसाद,पोखिएको गाईको दूधर सम्झनुहुन्छ अघि भर्खर बाटोमा भोकले आँसु सुकाएको बालक ।मन्दिरमा बसेर कमरेड हेर्नुहुन्छ भक्तहरुको लाईनतुलना गर्नुहुन्छ महिनाको अन्तमा ज्याला थाप्न बसेका ज्यामिहरुसँगठिक त्यति वेला,एक भद्र …

मन्दिरमा कमरेड Read More »

श्रमको शरम

मेरा चाउरीएको गालामैले हिँडेका सँघर्षको नक्सा होमेरो पसिनाको गन्धसाँझमा मगमगाउने रण्डिफुलको भन्दा मिठो लाग्छतिम्रो लागी यो “शरम”को कुरा हुन सक्लातर मेरो लागी यो, “श्रम”को कुरा हो ।।। शरमको अन्त्य पछी नैबोक्न थालेको हुँ मैले डोकोभरिको भारीसमात्न सुरु गरेको हुँ चरि चु्च्चे “च” जस्तो हलोको”अनु”हिलोले खुट्टा खाउन्जेल लगाएको हुँ आलीअनि त मेरो छोरोले पेटभरी माम खायो …

श्रमको शरम Read More »

वेनाम दुश्मन

आँखा बन्द गरेपछी पुग्छु म, अर्कै संसारमा, कल्पनाको संसारमा जता हेर्छु, उनी देख्छु, सजीएकी सुन्दर फुलहरुमाझ, नियालेर हेर्दा, ति फुललाई पनि म फिका देख्छु, उनी चम्किली, त्यो चमक देखेर, बत्तिमा हामफाल्ने पुताली जसरी, म, हुत्तिन खोज्छु तर खै कुन अदृष्य शक्तिले मलाई पछाडी धकेल्छ, म खोज्दैछु त्यो शक्तिलाई, वेनाम त्यो शक्तिलाई!!! वेनाम त्यो दुश्मनलाई।।। ================================ …

वेनाम दुश्मन Read More »

हरेक रात !

त्यो चम्किलो जुन, एक तमासले हेर्दै गर्दा मैले, सायद सोँच्दो हो मलाई देखेर “यो भुईँमान्छे कति निर्लज्ज जतिवेला नि मलाई घुरि बस्छ”, तर कसरी बुझाउँ म उसलाई, म त्यहाँ, अरु कसैको प्रतिमा देख्छु, ताराहरुको झुण्डको बिचमा । ति टिलपील तारा, सायद आँखा झिम्काउँदै मलाई बोलाउँदै छन् क्यार उडिजान सक्थेँ भने आज भेटेर एक थान मायाका …

हरेक रात ! Read More »

किनार

“गोलो-गोलो अन्डा, पुलिसको डन्डा, स्वर्ग जाने बाटो, हनुमानको पुच्छर” मैले “क” लेख्न नजानेकोमा चिन्तित चिन्तामणी सरले भट्याएको हरफ हो यो। मैले पहिलो पटक “क” लेख्दा, कसैले मेरो गोजिभरी सुन्तले मिठाई भरिदिएको थियो र म स्कुलबाट भागेर काफल खान जाँदा, कसैले मेरो खबर म भन्दा पहिल्यै घर पुर्‍याईदिएको थियो ! कहिले शिक्षक, कहिले आमा जस्तो त …

किनार Read More »