Skip to content

श्रमको शरम

मेरा चाउरीएको गाला
मैले हिँडेका सँघर्षको नक्सा हो
मेरो पसिनाको गन्ध
साँझमा मगमगाउने रण्डिफुलको भन्दा मिठो लाग्छ
तिम्रो लागी यो “शरम”को कुरा हुन सक्ला
तर मेरो लागी यो, “श्रम”को कुरा हो ।।।

शरमको अन्त्य पछी नै
बोक्न थालेको हुँ मैले डोकोभरिको भारी
समात्न सुरु गरेको हुँ
चरि चु्च्चे “च” जस्तो हलोको”अनु”
हिलोले खुट्टा खाउन्जेल लगाएको हुँ आली
अनि त मेरो छोरोले पेटभरी माम खायो

शरमको अन्त्यपछी नै
फुटाएको हुँ मैले ढुंगा र बनाएँ गिटी
खोला चालेर निकालेको हुँ बालुवा
र त मेरो छोरो अहिले “क पुरी क” पढ्न पाउँदै छ
तर स्मरण रहोस् , मेरो छोरोले “क पुरी क” भन्दा पहिला “कोदाली त” पढेको हो

अगस्ट १८, २०१८ 
राजधानी

Comments Box