बादलुको सहरमा
सपनाको महलमा बसेर
प्रियसीको मिठो साथ सम्झदै
टिक-टक-टिक-टक
किबोर्डका बटन दबाउँदै
केहि रहर र केहि जिन्दगि किन्ने
एक लहडको पछि लागेर
मानवता छोडेको
घनघोर अँध्यारोले घेरेको
कंक्रिटको जंगलमा
यन्त्र-मानवहरुको बिचमा बसेर
आफ्नै भविष्यको बन्धकी राखेर
हिंड्दै छु एक अमुक गन्तव्य तिर
जहाँ
सपनाले ऐठन पार्छ
आफैले फेरेको सासले गालि गरेको आभास हुन्छ
पसिनाले आफैलाई हिर्काउँछ
थकाई मार्न बसेको चौतारीको पिपलमा कराइरहेका कागहरूले
आफ्नै बद्ख्याई गरेजस्तो लाग्छ
कता-कता आफ्नै छायाँले आफैलाई लखेटे जस्तो
कुनै सिकारुले भिडियो गेम खेले जस्तो
दौडिदैछु कहिले यता – कहिले उता
गन्तव्यको खोजीमा।।।
——————————————————————–
२४ फेब्रुअरी २०१९,
दिउँसो १:५० बजे
राजधानी
Comments Box